नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग

मोटरसाइकल, स्कूटर, प्लाष्टिक सिल र प्लाष्टिक ट्याग खरिद गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
अद्यावधिक मिति:२०७५-११-२१

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

डिल्लीबजार, काठमाडौं, नेपाल

 

मोटरसाइकल, स्कूटर, प्लाष्टिक सिल र प्लाष्टिक ट्याग खरिद गर्ने बारेको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

सूचना नं.:-२०७५/०७६

प्रथम पटक सूचना प्रकाशन भएको मिति : २०७५/११/२० गते

यस विभागलाई आ.. २०७५/०७६ को लागि आवश्यक पर्ने मोटरसाइकल, स्कूटर, प्लाष्टिक सिल र प्लाष्टिक ट्याग सिलवन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक सप्लायर्स/अधिकृत विक्रता/संस्था/ फर्म/कम्पनीहरुलाई यो सूचना तथा दरभाउपत्र फाराममा उल्लेखित शर्त र रीत पुरा गरि सिलबन्दी दरभाउपत्र पेश गर्न आव्हान गरिन्छ ।

शर्तहरु:

  1. इजाजत प्राप्त एउटै संस्था, फर्म/कम्पनीले देहायमा उल्लेख गरिएका छुट्टा छुट्टै ठेक्काहरु मध्ये एक वा एक भन्दा बढि ठेक्कामा दरभाउपत्र पेश गर्न सक्नेछ, तर प्रत्येक ठेक्काको छुट्टा छुट्टै सिलवन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ ।
  2. इजाजत प्राप्त संस्था, फर्म/कम्पनीले सिलवन्दी दरभाउपत्रको लागि रु. १०००/- (फिर्ता नहुने गरी) रकम देहाय बमोजिम बैंकमा दाखिला भएको सक्कलै भौचर पेश गरी दरभाउपत्र फाराम हुलाक सेवा विभाग, डिल्लीबजार, काठमाडौं वा गोश्वारा हुलाक कार्यालय, सुन्धारा, काठमाडौंबाट प्रथम पटक सूचना प्रकाशन भएको मितिले १५ औं दिन कार्यालय समयभित्र खरिद गर्न सक्ने छ ।
    दरभाउपत्र कागजात शुल्क जम्मा गर्ने प्रयोजनको लागि विवरण :
    बैकको नाम राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखा         कार्यालयको नाम : कोष तथा लेखा नियन्त्रक कार्यालय
    कार्यालय कोड नं.: ३५-८०-४३-५०३               कार्यालय खाता नं.: क-१-१-९९९
    राजश्व शिर्षक नं.: १४२२९
  3. दरभाउपत्र फाराम साथ देहायको विड सेक्यूरिटी रकम को.ले.नि.का. थापाथलीको नाममा रहेको १२०१२००००१००२५२४ नम्बरको नेपाल राष्ट्र बैंक थापाथली स्थित धरौटी खातामा जम्मा गरेको सक्कलै बैंक भौचर वा सोही रकम बराबर दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिनको अवधि रहेको मान्यता प्राप्त बैंकको बैंक जवानी पत्र (विड वण्ड) विड सेक्यूरिटी बापत पेश गर्नुपर्ने छ ।
  4. प्रथम पटक सूचना प्रकाशित भएको मितिले सिलवन्दी दरभाउपत्र १६ औं दिन दिनको १२ बजे भित्र हुलाक सेवा विभाग, डिल्लीबजार, काठमाडौंमा प्राप्त भएको हुनुपर्ने छ । उक्त समय पश्चात प्राप्त भएका दरभाउपत्रलाई स्विकार गरिने छैन ।
  5. म्याद भित्र पर्न आएका सिलवन्दी दरभाउपत्र प्रथम पटक सूचना प्रकाशन भएको मितिले १६ औं दिन दिनको २ बजे दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजको प्रतिनिधि अनुपस्थित भएको कारणले मात्र दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
  6. दरभाउपत्रको बारेमा थप जानकारी लिन आवश्यक परेमा हुलाक सेवा विभाग, डिल्लिबजार, काठमाडौंमा सम्पर्क गर्न सकिने छ ।
  7. दरभाउपत्र खरिद गर्ने अन्तिम दिन र पेश गर्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्य लगत्तै पछिको कार्यालय खुलेको दिनबाट हुनेछ ।
  8. यो सूचनामा उल्लेख नभएका कुराहरु दरभाउपत्र कागजातमा उल्लेखित शर्त, सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ र प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

 

ठेक्का नं.

खरिद विवरण

खरिदको प्रकार

दरभाउपत्र दस्तुर (रु.)

विड जमानत रकम (रु.)

PSD/V/SQ-1/2075/76

प्लाष्टिक सिल र प्लाष्टिक ट्याग आपूर्ति गर्ने

दरभाउपत्र

,०००.००

३०,०००.००

PSD/V/SQ-2/2075/76

मोटरसाइकल

दरभाउपत्र

,०००.००

२३,५००.००

PSD/V/SQ-3/2075/76

स्कूटर

दरभाउपत्र

,०००.००

१८,३००.००